कांग्रेस कपिलवस्तु सभापतिमा तिन जनाको उम्मेदवारी घोषणा
कपिलवस्तु-आसन्न नेपाली कांग्रेस कपिलवस्तुको निर्वाचन नजिकिदै गर्दा माहोल तातेको छ । पार्टीको १४ औं राष्ट्रिय महाधिवेशन अन्तरगत जिल्ला सभापतिमा सहमति ज्टन नसकेर निर्वाचन भएमा जिल्ला सभापतिमा तिन जनाको प्रतिस्पर्धा हुने संकेत देखिएको छ ।
कांग्रेस कपिलवस्तुको सभापतिका लागि राजेश आचार्य, सुधाकर पाण्डे र अब्दुल कलाम बीच प्रतिस्पर्धा हुने देखिएको छ ।
सभापतिका आकाक्षिं तिनै जना नेताले सामाजिक संजाल मार्फत आ आफनो उम्मेदवारी घोषणा गर्नु भएको टछ । कलाम वर्तमान उप(सभापति भएको कारण स्वभाविक रुपमा आफु सभापतिको उम्मेदवार रहेको बताउँनु भएको छ भने पूर्व जिल्ला पार्टी सभापति भएका आचार्य र पाण्डेय यो पार्टी भित्रको गुठ उपगुठलाई अन्त्य गर्न यो पालि जिल्ला सभापतिको आकांक्षी रहेको वताउदै आउनु भएको छ ।पाण्डेय र कलाम दुवै जना रामचन्द्र पौडेल पक्षका नेता हुनुन् भने आचार्य सभापति शेर बहादुर देउवा निकटका नेता हुनुन्छ ।