यस कारण कलाम सभापति हुनुपर्छ
न्युज सेन्टर नेपाल-
नेपाली काँग्रेसका देशैभरका नेता कार्यकर्ता अहिले १४ औं अधिबेशनमा होमिएका छन् । नेपाली काँग्रेसको वडा, र पालिका स्तरको अधिवेशन सम्पन्न भैसकेको छ । क्षेत्र र जिल्लाको अधिबेशन हुने अवस्था रहेको छ । अधिबेशन हुन नजिकिएसगै नेता कार्यकर्तामा उत्साह थपिएको छ । अहिले जिल्ला र क्षेत्रका कार्यकर्ता नेता बनाउने कसरतमा लागेका छन् । नेपाली काँग्रेस जिल्ला सभापति पदमा सनेत विभिन्न नेताहरु उम्मेदवारी दिने मनसायमा रहेका छन । जिल्ला सभापति पदमा विभिन्न उम्मेदवारहरु मध्ये अब्दुल कलाम बालियो उम्मेदवारको रुपमा देखीएका छन् । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा कपिलवस्तु जिल्ला सभापति पदको लागी जिल्ला नेता अब्दुल कलामले उमेद्धवारी घोषणा गर्नु भएकोछ । आसन्न महाधिवेशनका लागी कलामले जिल्ला सभापति पदका लागी उमेद्धवारी घोषणा गर्नु भएको हो ।
महाराजगञ्ज नगरपालिकाका अध्यक्ष, नेपाली कांग्रेस बर्तामान जिल्ला उपसभापति समेत रहनु भएका कलामले पार्टीलाई थप बलियो बनाउन जिल्ला सभापति पदमा उमेद्धवारी दिएको बताउनु भयो । ४ दशकदेखि सक्रिय राजनिति र सामाजिक सेवामा लागेका कलाम लोकप्रिय नेताका रुपमा जिल्लामा परिचित हुँदै आउनु भएकोे छ ।
गाबिस अध्यक्ष हुदै, ९ औँ महाधिवेशनबाट लागातार महाधिवेशन प्रतिनिधि रहेका कलाम जिल्लाका दर्जनौ सघंसस्थामा रही काम गरीसक्नु भएको छ ।
यस कारण कलाम बलियो ।।
विगत चार दशक देखी नेपाली काँग्रेसमा लागेका कलाम समान्य कार्यकर्ता देखि जिला कार्यसमितीको विभिन्न पदमा हुँदै उपसभापति र कार्यबाहक सभापति समेत भैसक्नु भएको छ । नेपाली काँग्रेसले दिएको हरेक जिम्मेवारी कलामले सफलता पुर्वक निर्वाह गरेका कारण कलाम बलियो उम्मेदवारको रुपमा देखिएका छन् ।
पार्टीको नीति नियम तथा निर्देशनको पुर्ण रुपमा मान्दै आएका कलाम नेपाली काँग्रेसका स्वच्छ छवि भएका नेता मनिनु हुन्छ ।
नेपाली काँग्रेस कपिलवस्तुका वार्तमान जिल्ला सभापति सुरेन्द्रराज आचार्यसग नजिक रहेर राजनीति गर्नु भएका कलामलाई सभापति आचार्यको साथ र साहयोग रहने धेरैको विश्वास रहेको छ । विगतमा आचार्यलाई दोस्रो संविधान सभाको निर्वाचनमा विजयी गराउन कलामको ठुलो सहयोग रहेकोले आचार्यले कलामलाई साथ दिने अकंलन गर्न सकिन्छ ।