Connect with us
Kapilvast Forest

जनकपुरधामको देवपुरा – रूपैठामा भएको हिन्दुहरु माथि ज्यादति बिरुद्ध बिरोध प्रदर्शन गर्दै कपिलवस्तुका हिन्दुवादी संस्था

२०७८, २ मंसिर बिहीबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको कृष्णनगरमा महाकाल सामाजिक संस्थाले आयोजना गरेको बिरोध प्रदर्शन कार्यक्रममा हिन्दु युवा शक्तिको सहभागितामा बिभिन्न किसिमका प्लेकार्ड देखाई बिरोध प्रदर्शन गरिएको छ। प्रदेश नम्बर २ को राजधानी जनकपुरधामको देवपुरा – रूपैठामा छठका दिन हिन्दु मुस्लिम बीचमा तेलिया पोखरीमा छठ घाट बनाउने बिषयमा भएको झगडाले हिन्दु धर्म माथिको ठाड़ो प्रहार भएको छ। गत छठको दिन मुस्लिम समुदायका केही उच्छृङ्खल खालको ब्यक्तिहरूले छठ घाट बनाउन गएका ब्रतालु र धार्मिक र्याली निकालेको धार्मिक यात्रामा समेत अबरोध गर्नुकासाथै आक्रमणको प्रयास लाई महाकाल सामाजिक संस्थाले घोर बिरोध गर्दछ।

पटक पटक हिन्दुहरु माथि हुदै आएको ज्यादति अब चल्दैन। आजको बिरोध प्रदर्शन कार्यक्रममा प्लेकार्ड लिई भन्सार कार्यालय देखि गोलघर सम्म र्यालीको गरी कोणसभा गरेका हुन। उक्त प्लेकार्डमा “हिन्दु माथि अत्याचार बन्द गर , बन्द गर।” “लालबाबु राउत मुख्य मन्त्री पदबाट राजीनामा दे राजीनामा दे।” “नेपाललाई हिन्दु राष्ट्र कायम गर कायम गर ।”

जस्ता अन्य नाराहरू उल्लेखित थियो। यो घटना कपिलवस्तु लगायतका देशको विभिन्न स्थानमा हिन्दुमाथि भएको दमनविरुद्ध हिन्दुवादी संघ संस्थाहरुले बिरोध प्रदर्शन गर्दै आएका छन्। बिरोध प्रदर्शन कार्यक्रममा सहभागीहरुले प्रदेश नं. २को मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गर्दै सरकारविरुद्ध नारावाजी गरेका थिए ।कोणसभामा महाकाल सामाजिक संस्थाका अध्यक्ष धर्मराज विश्वकर्मले अब हिन्दु र हिन्दु धर्मावलम्बीको आस्था एवं विश्वास माथि कुनै किसिमको ज्यादति चल्दैन। अबको दिनमा हिन्दुहरु एकजुट नभए यस्ता घटना हुदै गर्दछन् ।

त्यस कारण खबरदारी गर्नु अतिआवश्यक छ ।भनी बक्तब्य दिएका हुन। हिन्दु युवा शक्ति कपिलबस्तुका अध्यक्ष ओमकार पाण्डेले यस्ता अराजकता सिर्जना गर्ने तत्वहरू लाई कडा भन्दा कडा सजाय माग गरेका हुन। विरोध सभामा महाकाल सामाजिक संस्थाका क्षेत्रिय अध्यक्ष सुनिल शुक्ल, शिवराज नगर अध्यक्ष आनन्द कुमार शुक्ला, विजयनगर पालिका अध्यक्ष देबेन्द्र मणि त्रिपाठी र हिन्दु युवा शक्ति कपिलवस्तुका महासचिव बिबेक तिवारी, सहित विभिन्न हिन्दुवादी संगठनका प्रमुख एवम् पदाधिकारीहरुको उपस्थिती रहेको थियो । महाकाल सामाजिक संस्थाका सचिव जितेन्द्र मौर्यले जानकारी गराएका हुन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu