Connect with us
Kapilvast Forest

राप्रपाले फेरि सार्‍यो महाधिवेशन

२०७८, ३ मंसिर शुक्रबारमा प्रकाशित

काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन सरेको छ।यही मंसिर ११ गतेदेखि १३ गतेसम्म महाधिवेशन गर्ने भनिए पनि बिहीबार महाधिवेशनको नयाँ मिति सार्वजनिक गरिएको छ।

अब मंसिरकै १५, १६ र १७ गते महाधिवेशन हुने पार्टीका नेता मोहन श्रेष्ठले जानकारी दिनु भयो।पार्टीका अध्यक्षहरूबीच छलफलपछि महाधिवेशन केही पर सारिएको थियो।

महाधिवेशन काठमाडौंमा हुने उक्त पार्टीले जनाएको छ।साथै महाधिवेशन प्रतिनिधिको चुनाव गर्ने मिति पनि हेरफेर गरिएको छ।

मंसिर ३ देखि ५ भित्र महाधिवेशन प्रतिनिधि चयनका लागि चुनाव गर्ने कार्यतालिका बनाए पनि अब मंसिर ६, ७ र ८ गते महाधिवेशन प्रतिनिधि चयन गर्ने चुनाव हुने राप्रपाले जानकारी दिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu