Connect with us
Kapilvast Forest

गुणस्तरहीन ग्यास उत्पादन गर्ने ग्यास उद्योगलाई कारबाही

२०७८, ३ मंसिर शुक्रबारमा प्रकाशित

 

बारा-नेपाल गुणस्तर तथा नापतौल विभागले बाराको एक ग्यास उद्योगलाई कारबाही गरेको छ । श्री ग्यास वान नेपाल प्रालिलाई विभागले कारबाही गरेको हो । विभागले बजार अनुगमनका क्रममा नेपाल गुणस्तरबमोजिम नपाइएको भन्दै श्री ग्यास वान नेपाल प्रालिलाई कारबाही गरेको हो । विभागले प्रालिलाई एलपिजी बोटलिङको काममा समेत रोक लगाएको जनाएको छ ।

 

प्रयोगशालामा वस्तुको नमूना परीक्षण र उद्योग निरीक्षण गर्दा गुणस्तरीय नरहेको भन्दै नेपाल गुणस्तर ऐन, २०३७ तथा नियमावली, २०४० बमोजिम श्री ग्यास वान नेपाल प्रालिलाई कारबाही गरेको विभागले जनाएको छ । विभागले ग्यास उद्योगलाई १५ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशनसमेत दिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu