Connect with us
Kapilvast Forest

सर्वोच्च परिसरमा कानून व्यवसायी र प्रहरीबीच घम्साघम्सी

२०७८, ३ मंसिर शुक्रबारमा प्रकाशित

 काठमाडौं- सर्वोच्च अदालत परिसरमा कानून व्यवसयी र प्रहरीबीच घम्साघम्सी भएको छ । प्रहरीले धर्नास्थलमा कानून व्यवसयीहरूलाई प्रवेशमा रोक्न खोज्दा दुई पक्षबीच घम्साघम्सी भएको हो ।

नियमित रुपमा कानून व्यवसायीहरू धर्ना बसिरहेको सर्वोच्च परिसरमा आज सुरक्षाकर्मीले घेरा हालेको छ । अहिले कानून व्यवसायी सोही ठाउँमा जान खोजिरहेका छन् भने प्रहरीले रोकिरहेको छ ।

 

आन्दोलित कानून व्यवसायीहरूले आफूहरू शान्तिपूर्ण धर्ना दिने बताए पनि सुरक्षाकर्मीले उनीहरूलाई रोकेको छ । कानून व्यवसायीले वरिष्ठ अधिवक्तालाई अगाडि लगाएर धर्नास्थल प्रवेश गर्न खोजेका छन् तर प्रहरीले उनीहरूलाई अघि बढ्न दिएको छैन ।

आफूहरूले हुलहुज्जत नगर्ने भएकोले धर्नास्थल प्रवेश गर्न दिन कानून व्यवसायीले प्रहरीसँग आग्रह गरेका छन् ।प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि नेपाल बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीहरुले यही कात्तिक १४ गतेदेखि उनको राजीनामा माग्दै प्रदर्शन गर्दै आएका छन् ।

समस्या समाधानका लागि जबराले संवादमा आउन आग्रह गरे पनि नेपाल बारले उनले राजीनामा दिनुपर्ने सर्त राखेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu