तस्बिरमा नेपालगन्ज म्याराथन
नेपालगन्ज — नेपालगन्जमा शनिबार भएको सातौं संस्करणको नेपालगन्ज म्याराथनको उपाधि नेपाल एपीएफ क्लबका किरण सिंह बोगटी तथा महिलातर्फ हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले हात पारेका छन् ।
किरणले निर्धारित दूरी २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा पूरा गर्दै विजेता बनेका हुन् । सन्तोषीले १ घण्टा १८ मिनेट ४८ सेकेन्डमा पूरा गर्दै उपाधि हात पारेकी हुन् । नेपालगन्जमा उपाधि जितेका किरण र सन्तोषी १३ औं दक्षिण एसियाली खेलकुद (साग) का विजेता हुन् ।
१३ औं सागका स्वर्णधारी किरणले त्रिभुवन आर्मी क्लबका नरेन्द्र रावतलाई पछि पार्दै उपाधि चुम्न सफल भए ।१३ औं सागकी स्वर्णपदक विजेता सन्तोषीले साविक विजेता पुष्पा भण्डारीलाई पछि पार्दै उपाधि जितेकी हुन् ।