Connect with us
Kapilvast Forest

कर उठाउने नै भए एनसेलबाट उठाउनुस्, जनताबाट होइन : सांसद त्रिपाठी

२०७६, २२ भाद्र आईतवारमा प्रकाशित

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका सांसद हृदयश त्रिपाठीले कर उठाउनका लागि कार्यदल गठन गर्न सुझाव दिएका छन्।

जनतासँग सरकारले अनावश्यक कर उठाइएकोमा आक्रोश पोख्दै उनले कर उठाउने भए टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलबाट उठाउन पनि सुझाव दिएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद त्रिपाठीले प्रतिव्यक्ति कर उठाउनेमा नेपाल अग्र स्थानमा रहेको भन्दै त्यो तत्काल कम गर्न र जनतालाई सास्ती दिने काम बन्द गर्न पनि सुझाव दिएका थिए।

उनले भने, ‘कर उठाउने नै हो भने एनसेलसँग उठाउनुस् भन्न थालेका छन् जनता। अदालतको आदेशले घरी कर उठाऊ भन्छ घरी नउठाऊ भन्छ।’ सांसद त्रिपाठीले थपे, ‘अदालतको फैसलाका आधारमा ९ खर्ब राजश्व उठाउन बाँकी छ। यसबारे अर्थ मन्त्रालयलाई थाहै छैन। कार्यदल बनाएर कर उठाऊँ।’ काठमाडौंको सार्वजनिक जग्गा मिचेकोबारे पनि सांसद त्रिपाठीले सरकारलाई सचेत गराएका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu