Connect with us
Kapilvast Forest

हस्तकला व्यापार मेला सुरु

२०७८, ५ मंसिर आईतवारमा प्रकाशित

काठमाडौं – १८ औं हस्तकला व्यापार मेला तथा १६ औं कला प्रतियोगिता सुरु भएको छ।नेपाल हस्तकला महासंघको आयोजनामा काठमाडौंको बौद्धस्थित होटल हायात् रिजेन्सीमा शुक्रबारदेखि सुरु भएको मेला आइतबारसम्म सञ्चालन हुनेछ।

मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तकला देशको कला र संस्कृतिले पहिचान भएको बताउँदै यसलाई विश्व बजारीकरणमा जोड दिनुपर्ने बताए। हस्तकला विकास र सरंक्षणका लागि सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ। हस्तकलामा कोरिएका चित्र, मुर्तिले देशको कला, धर्म संस्कृतिको पहिचान गर्ने भएकाले हस्तकलालाई संरक्षण गर्दै पुस्तान्तरण गर्न व्यवसायीलाई देउवाले आग्रह गर्नु भयो ।

सरकार हस्तकला क्षेत्रको संरक्षणका लागि तयार रहेको बताउँदै उनले आवश्यक ऐन तथा नीति बनाएर अगाडि बढ्न सहयोग गर्ने बताउनु भयो । प्रधानमन्त्री देउवाले हस्तकलाको विकास गर्न कागजी, धातुका साथै पोशाकी प्रयोगका सामाग्री निर्माणसँगै विश्व बजारीकरणमा जोड दिने बताउनु भो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले देशको धर्म संस्कृति पहिचान नै हस्तकला भएको बताए। देशको अर्थतन्त्रमा हस्तकलाको ७ अर्बको व्यापार गरेको छ। सरकारले हस्तकलाको व्यवसायीकरणका लागि आवश्यक सहयोग गर्न तप्पर रहेको बताउनु भयो ।

महासंघका उपाध्यक्ष तथा मेला संयोजक रवीन्द्र शाक्यले हस्तकला रोजगारी सिर्जनाका साथै आर्थिक उपार्जनको मुख्य स्रोत भएको बताउनुभयो । उहाँले हस्तकलाको पहिचान र संरक्षणका लागि कला वर्ष घोषणा गर्नु भयो । हस्तकलाको विकास, संरक्षण, प्रोत्साहन गर्न सरकारी कार्यालयमा स्वदेशी उत्पादित वस्तुको प्रयोग गर्न खरिद ऐनमा व्यवस्था गर्नुपर्नेमा जोड दिनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu