बाल्यकालमा कखरासंगै पढेका साथीहरु कता छौ ?
- नवराज खड्का
प्रिय मित्र, विद्यायलमा पुराना साथीहरु अस्ती भर्खर जस्तो लाग्छ, तिमीसंग त.. त र म.. म गर्दै कक्षामा हल्ला गरेको, बोलेको, सग्संगै खेलेको । एक आपसमा मिलि–मिलि लड्दै पढेकोे।
त्यो हाम्रो विद्या मन्दिर पाती घारी स्कुलमा, अर्थात् गतखोरिया स्कुलमा खास नाम चाही श्री त्रिपुरा सुन्दरी माद्यामिक विद्यालयमा तर थाहा नै नभई १५ वर्ष बितिसकेछन स्कुल छाडेको पनि।
मलाई हाम्रो ति बाल्यकालदेखि किशोर आवस्थासम्मका दिनहरुको यादले साह्रै सताइ रहेको छ । तिमीलाई पनि मलाई जस्तै वाल्यकालहरुको आउछन कि आउदैन् होला । सम्झानाहरु आए त राम्रो हुन्थ्यो तर न आ पनि ठिकै छ, म तिमीलाई आज ति दिनहरुको याद दिलाउने गइरहेको छु।
साथी, हामीसंगै पढने साथीहरु कुन दुनियामा छन्, के गर्दैछन मलाई त केहि थाहा छैन । यस विषयमा न साथीहरुलाई चासो होला र , न त मलाई नै। साथी, कति स्वार्थी र आत्मा केन्द्रित हुदै गैरहेका छौ है, हामी ??? सबैको हात हातमा मोबाइल छ तर यक कल फोन गर्ने मन न त तिमीलाई छ, न त मलाई नै।
आज भोलि सुन्दै छु, तिमी चाँही पराइ मुलुक गएर हराएको छौ रे ? अंग्रेज बन्न लागि साकेउ रे । केहि साथीहरु छाही गाउमा गएर विद्यार्थीभाई– बहिनीलाई पढ़ौदै छन् रे, केहि साथीहरु चाही नेपाल आर्मीमा जागिरे छन् रे भनेको सुनेको छु।
साथी, हामीहरु आज जे जस्तो अवस्थामा रहेता पनि, आ आफ्नो वाध्यताले एक आपसमा टाढा भएता पनि, हामी ठुलो सानो जे काम गरेपनि, जहाँ रहेता पनि तिम्रो र हाम्रो वाल्यकाल बितेको त्यहि पतिघारी स्कुलमा नै हो । तर तिमी र मैलै खाएको पाखुरे धाराको पानि हो, हामीले कखरा सिकेको पनि एउटै जस्ताको छाना–मुनि हो। भौतिक हिसाबले सात समुन्द्र पारि रहेता पनि रगत र भावनाको नाताले हामी साथी नै हौ, हामी कठेरीको भू पु विद्यार्थी नै हौ।

आज –भोली तिमी अलि बढी आधुनिक भएको भए, सायद तिमीलाई यी हाम्रो स्कुले जीवनको कुराहरु गर्दा अलि नमिठो र असजिलो लाग्छ होला तर मलाई त रमाइलो र आनन्द लाग्छ।
स्कुल पढदा तिम्रो र मेरो माया अजम्बरी थियो जस्तो मलाई लाग्थ्यो। तिमीले मलाई यहाँसम्म माया गरेएको थियो कि कक्षामा त मलाई छोडेर ट्वाइलेटसमेत जादैनथ्यौ । तिमी, उरेली र पतिझारिको छेल पारेर ट्वाइलेट बस्थेउ अनि त्यही बाटो कोही मान्छे आउछ कि भनेर मलाई कुर्न र हेर्न लागाउथ्यौ । कहिले कहिँ त, उताबाट सरहरू टुप्लुक्क आउनु हुन्थ्यो अनि आधि ट्वाइलेट पनि नगरी कुध्नु पर्थ्यो या लुक्नु पर्थ्यो हामीलाई।
बिद्यार्थीहरु मात्र होइन गुरुहरु को पनि हाम्रो जस्तै थियो समस्या, त्यस समयमा। हामीलाई पिउने पानीको त धौ धौ थियो ट्वाइलेट जाने पनि कहाँ पाउने त्यो बेला हाम्रो स्कुलमा।त्यो हाम्रो पालामा त कति समस्याहरु थिए, हामी भन्दा अग्रज दाजु तथा दिदिहरुको समयमा त झन् कति अनगिन्ती समस्या थिएनै । पानी पर्दा बढ्ने छाता हुन्थेन, पानीमै कतियो भिजियो । शैक्षिक भ्रमण र पिकनिकको धेरै कुरा ठुलो सपनाको कुरा हो हाम्रो लागि, हामीसंग त डटपेन र कापी किन्ने पैसा पनि हुन्थेन कहिले कहिँ त ।
हाफ छुट्टीमा कहिले काही सरहरुले खाजा खाएको हेरेर बस्थेउ, कहिले भने भोको पेटमा चौरमा बल हान्न जान्थेउ। प्राय कक्षामा नजानेका कुराहरु एक आपसमा सिकेर पनि बस्थेउ।
समस्याहरुको खानी नै खानी थियो, त्यो बेलाको हाम्रो स्कुले जीवनमा।त्यो बेलाको केहि रमाइलो कुराहरु पनि मलाई याद आयो। हामी सबैको उपनाम समेत हुन्थ्यो । मान्छे जतिसुकै राम्रो र इमान्दारी होस् तर उस्को एउटा न एउटा नराम्रो नाम चाही राख्देको हुन्थ्यो। हाम्रो कक्षा हरिको अलि पातलो थियो, उस्लाई कसैले लुते भन्थेउ भने कसैले चाही पाताले भनेर नाम बोलाउथे है । रिता होची थिइन्, उस्लाई डल्ली भनेर उप नामले बोलाउथ्यौ । कसैले कपाल खैरो थिन्थ्यो भने पनि उस लाई कैली भनेर बोलैंथ्यो। त्यो बेला मा नाम राख्न÷दिन हामीसंग पण्डित बा ले पनि सक्थेनन होला, सायद ।
साथी, हामी यतिसम्म खराब थियौ कि हामीलाई पढाउने गुरुहरुको पनि उपनाम राख्थ्यो । कुनै देखि रिस उठयो भने सरलाई टट्टू, सिगाने जस्ता नराम्रा शब्दहरुले गाली गर्न पछि पर्ने थिएनौ है । बल्ल आज आएर थाहा हुदैन साथीहरु गुरु त देवता हुनुहुदो रहेछ । गुरु हाम्रो जीवनमा कति महत्वपूर्ण व्याक्ति रहेछ भनेर १५ वर्ष पछि आएर चिन्ने मौका मिलेको छ । अहिले आएर असल गुरु विना शिष्यको जीवन अन्धकार बन्न भन्ने महसुस हुदै गइरहेको छ है ।
साथी, सस्कार भन्ने कुरा घर,परिवार र समाज बाट सिक्ने कुरा रहेछ, तिमी हामी कति सम्म संस्कारी रहेछौ भने,हामी सरहरुलाई भेटदा नमस्कार गर्थेनौ, अभिवादन पनि भन्दैन थियौ। सके सम्म गुरुहरु लाई बाटोमा देखे, नदेखेको गर्थेउ। तिमीले वाध्यताले नमस्कार गरेउ र तिम्रो नमस्कार गुरु हरु बाट फिर्ता आयन भने आज फलानो सरलाइ नमस्कार गर्दा पनि नमस्कार फर्र्काएन यार ,,,,, भनेर गाली गर्थेउ।
कक्षा ६ मा तिमी फेल हुदा तिम्रो आमाले गुरुहरु बाझ्नु भएको अस्ती भर्खंर जस्तो लाग्छ, आफ्नो छोरालाई पढने बेलामा गोरु जोत्न मेला पठाउने अनि छोरा फेल भयो भनेर बाझ्ने, कस्तो थियो होला हाम्रो सामाजिक आचरण। तर म फेल भयो भने त, मेरो बा बा ले कि त डाड़ो कटायर लखेद्त्ते, कि त सिस्नु पानी लागौथे। एक,दुइ दिन त परालको टौवा मा सुत्नु पर्थ्यो , आफ्नो घरमा बास चाहि दिनु हुदैन थियो। मलाई मेरो बाबाले सिकायको नैतिक आचरण थियो त्यो।
सानो कक्षामा हुदा हामी अलि बडी नै चक चके थियौ, ठुलो कक्षामा पुगेपछि अलि सुध्रिदै गयौ। सानो बेलामा गुरुहरुले भनेको मान्थेनौ, ८÷९ कक्षामा पुगे पछि मान्ने भयौ। कहिलेकहीँ सर हरु लाई अल्छी लाग्थ्यो कुनै बेला गुरुहरु स्कुल नै आउनु हुन्थेन अनि हामीलाई पनि पढाउने सर हुनुहुन्थेन भने त्यस समयमा हामीलाई आफु भन्दा साना कक्षाका भाई–बहिनीलाई पढाउन पठाउनु हुन्थ्यो।
साथी, आज मलाई ति वाल्यकालका दिनहरु सम्झदा पनि अचम्म लागेर आउछ तर ति दिन फेरी पनि आउने भए कति रमाइलो हुन्थ्यो होला साथीहरु । त्यसैले अहिले मलाई लागिरहेको ति दिनलाई फेरी ताजगी बनाउन हामी जुट्दै पर्छ ।