Connect with us
Kapilvast Forest

शिवराजका पौडेल तिन दिनदेखि बेपत्ता

२०७८, ५ मंसिर आईतवारमा प्रकाशित

कपिलवस्तु -कपिलवस्तुको शिवराज नगरपालिका वडा ५ का एक युवक बेपत्ता भएका छन ।शिवराज ५ निवासि ३३ वर्षिय विक्रम पौडेल विगत तिन दिन देखि सम्र्पक विहिन अवस्थामा रहेको पारिवारिक स्रोतले जनाएको छ ।

शुक्रबार साँझको समयमा जिल्लाको बुद्धभूमी नगरपालिका बुड्डिमा अवस्थित ससुराल हिँडेका पौडेल हाल सम्म पनि संम्पर्कमा नआएको परिवारले जनाएका छन ।

त्यस्तै बेपत्ता पौडेलले सवार गरेको मोटरसाईकल सनिवार विहान बुद्धभूमी   ९ बेल नदि नजिकै बेवासिसे अवस्थामा फेला परेको र पुन आज (आईतबार )विहान मोवाईल पनि बेल नदिमै भटिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।बेपत्ता युवकको खोजि कार्य भइरहेको वडा प्रहरी कार्यलय चन्द्रौटाले जनाएको छ ।

उता नेकपा एमाले शिवराज नगर कमिटि र ब्यापार संघ कपिलवस्तुले प्रेश विज्ञिप्ति जारी गर्दै बेपत्ता पौडलको खोजि कार्य गर्न सम्वन्धित सबै पक्षलाई आग्रह गरेको छ । साथै दुबै प्रेश विज्ञिप्तिमा प्रशाशनले हालसम्म पनि बेपत्ता युवकको विषयमा ठोस निर्णय लिन नसेको भन्दै आपत्ति जनाएका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu