Connect with us
Kapilvast Forest

पतञ्जली योगपीठले नेपालमा टेलिभिजन खोल्नु कानुनको ठाडो उल्लङ्घन : पत्रकार महासङ्घ

२०७८, ५ मंसिर आईतवारमा प्रकाशित

काठमाडौं– भारतको पतञ्जली योगपीठले नेपालमा टेलिभिजन च्यानल सञ्चालन गर्न लागेको र त्यसको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको विषयमा नेपाल पत्रकार महासङ्घले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासङ्घका महासचिव रोशन पुरीले आज आइतवार विज्ञप्ति निकालेर नेपालको प्रचलित कानुनले सञ्चार माध्यममा विदेशी लगानीलाई निषेध गरेको अवस्थामा भारतीय याेगगुरु बाबा रामदेवको पतञ्जली योगपीठले नेपालमा टेलिभिजन खोल्नु कानुनको ठाडो उल्लङ्घन भएको बताउनुभएको छ ।

दर्ता प्रक्रियासमेत पूरा नगरि टेलिभिजन सञ्चालन गर्न लागिएकाले महासङ्घले सम्बन्धित पक्षलाई राष्ट्रिय प्रसारण ऐन २०४९, राष्ट्रिय प्रसारण नियमावली २०५२ र प्रसारणसम्बन्धी निर्देशिका स्मरण गराउन चाहेको विज्ञप्तिमा भनिएको छ ।

यस्तै महासङ्घले कानुन विपरीत सञ्चार क्षेत्रमा विदेशी लगानी रोक्न र स्वदेशी लगानीका सञ्चार माध्यमलाई प्रतिस्पर्धात्मक तथा व्यावसायिक रूपमा विकास गर्ने वातावरण निर्माण गर्नसमेत सरकारसँग आग्रह गरेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu