Connect with us
Kapilvast Forest

प्राचीन कपिलवस्तुको गुरुयोजना अन्तिम चरणमा

२०७८, ६ मंसिर सोमबारमा प्रकाशित

 

 

कपिलवस्तु- सिद्धार्थ गौतम बुद्धको गृह नगरी तिलौराकोट (प्राचीन कपिलवस्तु)को गुरुयोजना अन्तिम चरणमा पुगेको छ । भगवान् बुद्धको गृह नगरलाई विश्वस्तरीय सम्पदा सहरको रुपमा विकास गर्ने उद्देश्यका साथ गुरुयोजना तयार गरिन थालिएको हाे।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेत्याले गुरुयोजना अन्तर्गत बन्न लागेका संरचनाको तस्बिर हिजाे शनिबार सार्वजनिक गर्नुभएको हाे । तिलौराकोटसहित गोटीहवा, कुदान, निग्लिहवा, सिसहनिया, जगदीशपुर ताललगायतका क्षेत्रमा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न तीन वर्षदेखि गुरुयोजना निर्माण गर्न लागिएको थियो ।

प्रारम्भीक लागत २० अर्ब लाग्ने देखिएको छ । लगानीको मोडेल र नदी तटीय क्षेत्रको जोखिम समेत भएकाले अन्तर्राष्ट्रिय विज्ञको समेत परामर्श लिई दुई महिनाभित्र गुरुयोजना नेपाल सरकारलाई हस्तान्तरण गरिने उपाध्यक्ष भिक्षु मेत्तेत्याले बताउनुभयो । गुरुयोजना निर्माणका लागि आर्किटेक इन्जिनियर डा. सन्जय उप्रेती र उहाँको समूहले काम गर्दै आएको थियो ।

तिलौराकोट दरबारदेखि, सगरहवा, जगदीशपुर तालसम्म ऐतिहासिक भागीरथी (वर्तमान बाणगंगा) नदी समेटेर तयार हुन लागेको गुरुयोजनाले प्राचीन कपिलवस्तुको मुहार फेर्ने योजनाको रुपमा लिएको भिक्षुका स्वकीय सचिव भोला गुप्ताले बताउनुभयो । लुम्बिनी गुरुयोजनाबाट सकेर स्थानीय बासिन्दालाई पर्खाल बाहिर मात्र नराखेर सबै समावेशी सहरको रुपमा विकास गर्ने लक्ष्य लिइएको छ । त्यहाँ विश्व बौद्धग्राम संग्रहालय बन्ने छन् ।

गुरुयोजना अन्तर्गत तीनवटा सुविधा सम्पन्न होटेल निर्माण हुने छन् । होटेलको स्वरुप सिद्धार्थ गौतम बुद्धका लागि निर्माण गरिएको दरवार रम्य, सुरम्य र शुभ दरवारको झल्को दिनेछ । जगदिशपुर तालदेखि रामघाट पुलबीचको करिब ८ किलोमिटर बाणगंगा नदीको तटीय क्षेत्रमा बुद्धकालिन व्यक्तित्वका सालिक र स–साना पार्क निर्माण हुनेछन् । २५० मानिस अट्ने क्षमताको अन्तर्राष्ट्रिय विपश्यना ध्यान केन्द्र, ५०० क्षमताको अन्तर्रास्ट्रिय बौद्ध अध्ययन केन्द्र, २० फिट लामो घाट क्षेत्र समेत निर्माण हुनेछ । योजनाको कुल लागत २० अर्ब लाग्ने अनुमान गरिएको छ ।गोरखापत्र   

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu