ट्रकमा बिजुली सट हुँदा आगलागी
सुनिल कार्की, पाल्पा । मिनी ट्रक दुर्घटना हुँदा आगलागी भएको छ । तानसेन नगरपालिका–७ टिन्टे आँप स्थित बाँसटारी–सराई भित्री सडक खण्डमा विद्युतको तार सट भई ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
आइतबार तरकारी बोकेर बुटवलदेखि सराईतर्फ जाँदै गरेको लु १ ख ९४०९ नम्बरको ट्रक ब्रेक फेल भई सडकदेखि ५ मिटर तल खस्न पुगेको थियो । ट्रक सडक तल रहेको बिजुलीको पोलमा ठोक्किन पुग्दा तार सट् भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी दिपेन्द्र जिसीले बताउनुभयो ।
आगलागीबाट ट्रकमा रहेका तरकारी, त्रिपालमा आंशिक क्षति पुगेको छ । दुर्घटनाग्रस्त ट्रकमा रहेका चालक सहचालक भने हामफालेर बच्न सफल भएका छन् । उनीहरु अहिले जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।