Connect with us
Kapilvast Forest

रूपन्देहीमा क्षेत्रीय सभापतिदेखि महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया सुरू

२०७८, ६ मंसिर सोमबारमा प्रकाशित

बुटवल-नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत देशभर संघीय निर्वाचन क्षेत्र अन्तर्गतको अधिवेशन सुरू भएको छ। ५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा पनि क्षेत्रीय सभापतिदेखि महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया सुरू भएको छ।

रूपन्देहीमा स्थानीय तहका प्रमुखसँगै लुम्बिनी प्रदेशमा मन्त्री रहेकालेसमेत बिभिन्न पदमा उम्मेदवारी दिएका छन्।महाधिवेशन प्रतिनिधिमा रूपन्देहीबाट लुम्बिनी प्रदेशसभाका सदस्य रमा अर्याल, पुष्पा थरुनी, वसिउद्दिन खाँ, फकरुद्दिन खाँ र अष्टभुजा पाठकले उम्मेदवारी दिएका छन्।

लुम्बिनी प्रदेशका शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीसमेत रहेका बसिउद्दीन खाँ र प्रदेशसभा सदस्य अष्टभुजा पाठकले निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका छन्।

प्रदेशसभा सदस्यहरू रमा अर्याल र पुष्पा थरूनी निर्वाचन क्षेत्र नम्बर ३ र फकरूद्दिन खाँ भने निर्वाचन क्षेत्र नम्बर ५ बाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन्।

यसअघि नेपाली कांग्रेसको जिल्ला सभापतिमा उम्मेदवारी दिने तयारी गरि रहेका गृह मन्त्रीका भाइ रामृकष्ण खाँणले क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन्।

मायादेवी गाउँपालिका अध्यक्ष ध्रुव नारायण चौधरीले निर्वाचन क्षेत्र नम्बर ४ र देवदह नगरपालिकाका प्रमूह हिरा केसीले निर्वाचन क्षेत्र नम्बर १ को सभापति पदमा उम्मेदवारी दिएका छन्। यस्तै संविधान सभा सदस्यसमेत रहेका ईस्तियाक अहमद खाँले क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिको लागि उम्मेदवारी दिएका छन्।

रूपन्देही निर्वाचन क्षेत्र नम्बर १ मा हिरा केसी र विश्वनाथ यादव सभापति पदका लागि आ-आफ्नो प्यानलनै खडा गरि चुनावमा होमिएका छन्।क्षेत्र नम्बर २ मा काजीमान श्रेष्ठ र वर्तमान क्षेत्रीय सभापति हरि लम्सालले आ-आफ्नो प्यानल बनाई उम्मेदवारी दिएका छन्।

निर्वाचन क्षेत्र नम्बर ३ मा वर्तमान क्षेत्रीय सभापति मात्रिका प्रसाद यादव र सुशील गुरूङको प्यानलबीच चुनाव हुँदैछ। क्षेत्र नम्बर ४ मा पनि वर्तमान क्षेत्रीय सभापति मुकेश यादव र बिनोद श्रीवास्तवबीच प्यानल बनाएर चुनाव हुँदैछ।यस्तै निर्वाचन क्षेत्र नम्बर ५ मा वर्तमान सभापति वसिउल्लाह खाँ कै नेतृत्वमा सबै पद सर्वसम्मत चयन भएका छन्।

रूपन्देही–३ को क्षेत्रीय प्रतिनिधिको निर्वाचन भने विवादित बनेको छ। मतदान सुरू गर्ने विषयलाई लिएर दुई पक्षबीच कुरा नमिलेपछि सोमबार अबेरसम्म पनि मतदान प्रक्रिया अघि बढ्न सकेको छैन।

क्षेत्रीय प्रतिनिधि निर्वाचनका लागि संस्थापन पक्ष इतरका उम्मेद्वार तथा प्रतिनिधिले मंगलबार मात्रै मतदान गर्ने अडान लिएका छन् भने संस्थापन पक्षले सोमबार आजै मतदान अघि बढाउने अडान राखेका छन्।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उमेदवारले सोमबार नै मतदान प्रक्रियामा अघि बढाउन ढिला हुने र बिचमा विवाद आउने भन्दै प्रक्रिया स्थगित गरी मंगलबार मात्रै निर्वाचन गराउन माग गरेका छन्।

कांग्रेसको महाधिवेशन अन्तर्गत नै प्रदेशको निर्वाचनमा आइतबार राती भएको झडपलाई मध्यनजर गरी दिनमा मात्रै निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने उनीहरूको माग रहेको छ। आइतबार राती मतगणना भइरहेको समयमा संस्थापन पक्ष देउवा समूहका व्यक्तिहरुले पौडेल समूहका नेताहरुलाई कुटपिट गरेका थिए।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu