Connect with us
Kapilvast Forest

वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने सुवास नेम्बाङको घोषणा

२०७८, ७ मंसिर मंगलवारमा प्रकाशित

 

काठमाडौं- नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।

अध्यक्ष ओलीलाई सर्वसम्मत बनाउने प्रयास जारी रहेको भन्दै नेम्बाङ आफू वरिष्ठ उपाध्यक्षको दाबेदार रहेको बताए। थाखाखबरसँग कुरा गर्दै नेम्बाङले भन्नु भयो ‘अध्यक्षसहित पदाधिकारीमा सर्वसम्मतिको प्रयास जारी छ, चुनाव हुने भए वरिष्ठ उपाध्यक्षमा मेरो उम्मेदवारी रहने छ।’

आकांक्षीहरूको संख्या बढेसँगै महाधिवेशन निर्वाचनतर्फ केन्द्रित भएका बेला नेम्बाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो । अध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणापछि दोस्रो वरियताको नेतृत्व दाबी गर्ने नेम्बाङ अर्को नेता हुन्। एमाले विधानअनुसार ६८ वर्षीय नेम्बाङले अर्कोपटक नेतृत्व दाबी गर्न मिल्दैन।

विद्यार्थी छँदा नै राजनीतिमा लागेका नेम्बाङ भूमिगत कालदेखि नै कम्युनिष्ट पार्टीमा सक्रिय हुनुन्छ । एमालेका तर्फबाट कानुन तथा न्यायमन्त्री भइसकेका उहाँले संविधानसभा अध्यक्ष र सभामुखको जिम्मेवारी निर्वाह गरिसकेका छन्। नेम्बाङकै नेतृत्वमा संविधानसभाबाट संविधान निर्माण भएको थियो। नेम्बाङ संसदीय निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट हालसम्म अपराजित हुनुन्छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj