Connect with us
Kapilvast Forest

नदाललाई युएस ओपनको उपाधि

२०७६, २३ भाद्र सोमबारमा प्रकाशित

भदौ २३ । स्पेनिस टेनिस खेलाडी रफाईल नदालले यस वर्षको युएस ओपन टेनिसको उपाधि जितेका छन् ।

अमेरिकाको न्युयोर्कस्थित फ्लसिङ मिडोजमा आज बिहान सम्पन्न फाईनल खेलमा रुसका डानिल मेदबेदेभलाई ३–२ को कठिन सेटमा हराउँदै नदालले करियरमा १९ औं ग्राण्ड–स्लाम उपाधि जितेका हुन् ।

पाँचौ वरियताका मेदबेदेभविरुद्धको खेल दोस्रो वरियताका नदालले ७–५, ६–३, ५–७, ४–६ र ६–४ को सेटमा जिते ।

जितसँगै नदाल सर्वाधिक ग्राण्ड–स्लाम उपाधि जित्ने स्विस खेलाडी रोजर फेडेररको किर्तीमानभन्दा एक उपाधिमात्रै टाढा छन् । फेडेररले २० पटक ग्राण्ड–स्लाम उपाधि जितेका छन् । तेस्रो स्थानमा रहेका नोभाक जोकोभिचको १६ उपाधि छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu