अर्घाखाँचीमा पौडेल पक्षीय श्रेष्ठ सभापतिमा निर्वाचित
अर्घाखाँची – नेपाली कांग्रेस अर्घाखाँचीको सभापतिमा केशव श्रेष्ठ विजयी हुनु भएको छ ।श्रेष्ठले कुल १ हजार ४ सय १८ मतमध्ये ७ सय ३१ मत प्राप्त गर्नु भयो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी इन्द्रमणि पौडेलले ३ सय ५२ मत पाउनु भएको थियो । अर्का प्रत्यासी यादवप्रसाद घिमिरेले ३ सय ९ मत पाउनु भयो । २७ मत बदर भएको छ ।
पौडेल पक्षीय श्रेष्ठ सभापतिमा निर्वाचित हुँदा शेरबहादुर देउवा पक्षीय घिमिरेले सबैभन्दा कम मत प्राप्त गर्नु भयो ।घिमिरे देउवा पक्षका उम्मेदवार हुनुन्थ्इो भने श्रेष्ठ पौडेल पक्षका उम्मेदवार हुनुन्थ्यो ।