घट्याे आज पनि सुनचाँदीको मूल्य
काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज पनि घटेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य ९१ हजार ८ सय रूपैयाँमा कारोबार भएकोमा आज पनि ५ सयले घटेकाे हाे ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रूपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ३ सय रूपैयाँ रहेको छ ।