Connect with us
Kapilvast Forest

झापाबाट नाै जुवाडे पक्राउ

२०७८, ८ मंसिर बुधबारमा प्रकाशित

झापा-प्रहरीले झापाबाट नाैजना जुवाडे पक्राउ गरेको छ। जिल्लाको दमक नगरपालिका– ५ स्थित टेकबहादुर कार्कीको घरमा जुवातास खेलिरहेका छन् भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले नौजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा दमक नगरपालिका– ५ बस्ने ४६ वर्षीय टेकबहादुर कार्की, ५१ वर्षीय कुशराज खत्री, ५४ वर्षीय सुरेश भण्डारी, ३८ नारायण कडरिया, ४१ वर्षीय सूर्य न्यौपाने, ४० वर्षीय खगेन्द्र राजवंशी, ४८ वर्षीय खगेन्द्र भुजेल, दमक नगरपालिका– ८ बस्ने २९ वर्षीय प्रदीप थापा र कमल गाउँपालिका– ५ बस्ने ३० वर्षीय सुरेश सुब्बा रहेका छन्। उनीहरूलाई २९ हजार रुपैयाँसहित मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

पक्राउ पर्नेहरूलाई इलाका प्रहरी कार्यालय दमकमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj