बेन्च बहिष्कार गर्ने न्यायाधीशविरुद्ध बानेश्वरमा प्रदर्शन
काठमाडौं – बेन्च बहिष्कार गरेको भन्दै न्यायाधीशविरुद्ध केहि कानुन व्यवसायी र नागरिकहरुले बानेश्वरमा प्रदर्शन गरेका छन्। उनीहरुले न्यायालयमा आन्दोलन हुँदा सेवाग्राही मर्कामा परेको भन्दै इजलास रोक्न नहुने बताएका छन् ।
उनीहरुले स्वतन्त्र न्यायपालिका हाम्रो चाहना, बेन्च बहिरष्कार अन्त्य गर, दबाबको शासन अन्त्य गर, विधिको शासन लागू गरलगायतका नारा लगाउँदै नाराजुसुल गरेका छन्।