चुनाव हारेर पनि जितेकाहरु
न्युज सेन्टर नेपाल-
सत्तारुढ दल नेपाल कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका अनुशार वडा, नगर, क्षेत्र अधिवेशन सम्पन्न भईसकेको छ । वडा अधिवेशनसहित गाउँ नगर प्रदेश हुदै केन्द्रीय समितिसम्म विभिन्न पदमा निर्वाचनमार्फत पदाधिकारी छनौट भएकाछन् ।
निर्वाचनमा हार र जित एक निश्चित छ । तर भनिन्छ, इतिहास सधैँ जित्नेको हुन्छ । यसो भनिरहदा हरेक परिवर्तनमा पराजितहरुको भूमिका नै छैन भन्ने चाहीँ होइन । कांग्रेस भित्र हारेर पनि जित्नेहरुको भन्दा बढी चर्चा हुने ब्यक्तिहरु पनि छन् ।
नेपाली काँग्रेस कपिलवस्तु क्षेत्र नं ३ को बुधबार सम्पन्न क्षेत्रीय अधिबेशनमा चुनावमा होमीएर पराजय भएपनि चर्चामा रहेका छन् । ति हुन् कपिलवस्तु क्षेत्र नं ३ का हरी पोख्रेल, प्रेम बहादुर रायमाझी, इश्वरी पाण्डे र अमर पौडेल ।
कपिलवस्तु क्षेत्र नं ३ को चुनावमा क्षेत्रीय सभापती पदमा हरी पोख्रेल र ब्रम्हानन्द उपाध्ययको प्रतिष्पर्धा भएको थियो । गणितीय हिसाबले हरी पोखेललाई २३ मत अन्तरले ब्रम्हानन्द उपाध्याय विजयी भए ।
१० महाधिवेशन प्रतिनिधीको चुवानमा १९ जना उम्मेदवारले उम्मेदवारी दिएका थिए । झीनो मतअन्तरले प्रेम बहादुर रायमाझी, इश्वरी पाण्डे र अमर पौडेल पराजित भए । पार्टीको संगठन विस्तार गर्नमा अग्रपंतीमा रहेका हरी पोख्रेल, प्रेम बहादुर रायमाझी, इश्वरी पाण्डे र अमर पौडेल हारेपनि कार्यकर्ता निर्माण र पाटीको हरेका क्रियाकलापमा आगाडी देखीन्छन ।
यसरी चुवान हारेपनि कार्यकर्ताको नजरमा चुनाव जीतेको आभाष भएको छ । यी नेताहरुले हारे पनि मत भने राम्रो ल्याएका छन । प्रेम बहादु, सिंह रायमाझि २ सय २ मत, इश्वरी पाण्डेय २ सय ३० मत र अमर पौडेल २ सय २३ मत ल्याएका थिए ।