बन्दसत्र समयमै सुरु नहुँदा विदेशी पाहुना सहभागी नभई फर्किए
काठमाडौं-एमालेको दशौं महाधिवेशन अन्तर्गत बन्दसत्र समयमै सुरु नहुँदा विदेशी पाहुना प्रत्यक्ष सहभागी नभई फर्कनुपरेको छ । शनिबार निर्धारित समयमा बन्दसत्र सुरु नभएपछि काँग्रेस आईका नेता अखिलेशप्रसाद कार्यक्रममा सहभागी नभई फर्किनु भएको हो ।
अखिलेश काँग्रेस आईकी नेतृ सोनिया गान्धीले पठाएको शुभकामना सन्देश लिएर शनिबार सौराहा आउनु भएको थियो । तर कार्यक्रमस्थलमा पुगे पनि एमालेले निर्धारित समयमा महाधिवेशन सुरु नगरेपछि अखिलेश गान्धीको सन्देश छोडेर फर्किनु भयो ।
एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले सो शुभकामना सन्देश बन्द सत्रमा पढेर सुनाउनु भएको थियो ।त्यस्तै कम्युनिष्ट पार्टी अफ इन्डियाका प्रतिनिधि पनि कार्यक्रममा सहभागी नभई फर्किनु भएको छ ।