सामाजिक सुरक्षा प्रणाली आकर्षक बनाउन कार्यविधिमा सुधार गर्नु पर्छ :वरिष्ठ उपाध्यक्ष ढकाल
काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा देखिएका समस्या र चुनौतीको समाधान गर्दै अघि बढ्नुपर्ने बताउनसु भएको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली शुरु भएको चार वर्ष पूरा भएको उपलक्ष्यमा सामाजिक सुरक्षा कोषको आयोजनामा भएको कार्यक्रममा ढकालले सामाजिक सुरक्षाको प्रत्याभूति गरी श्रम क्षेत्रका समस्या समाधान गर्दै असल श्रम सम्बन्ध विकास गर्ने सबैको साझा लक्ष्य रहेको उल्लेख गर्नु भयमे ।
‘सामाजिक सुरक्षा प्रणाली हाम्रो लागि नयाँ भएकोले यसको कार्यान्वयनमा केही व्यवहारिक कठिनाईहरु देखिएका र सूचिकरण प्रकृया सुस्त देखिएपनि योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आजसम्म सूचीकृत प्रतिष्ठान र श्रमिकको संख्यावाट निराश हुनुपर्ने छैन,’ ढकालले भन्नु भयो , ‘नयाँ व्यवस्था लागू गर्दा केही समस्या देखिन सक्छन् । तर त्यसबाट विचलित हुनुभन्दा प्राप्त गरेको अनुभव र सुरक्षा प्रणालीको कार्यान्वयनमा देखिएका चुनौतीहरुलाई मननन गरी योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई सफलपूर्वक अघि वढाउन सामाजिक सुरक्षा कोष सक्षम हुनेछ ।’
आजसम्म करिब १६ हजार प्रतिष्ठान र २ लाख ९५ हजार श्रमिकको कोषमा सूचीकरण भैसकेको छ । सूचिकृत श्रमिकहरुले सामाजिक सुरक्षा कोषवाट सुविधा पनि पाउन थालिसकेका छन् । यद्यपि यस प्रणालीबारे अझै पनि धेरै केही द्विविधा व्याप्त छन् ।
सामाजिक सुरक्षा प्रणाली लागू गर्दा विभिन्न व्यवहारिक कठिनाई आउने गरेको धेरै मुलुकको अनुभव रहेको ढकालको भनाइ थियो । ‘अहिले हामीकहाँ पनि केही समस्या छन्, हामी सबै सरोकारवालाहरूले त्यस्ता समस्याको उपयुक्त समाधान खोजी अघि बढ्नु पर्छ’ ढकालले अगाडि भन्नु भयो , ‘विद्यमान विवाद र द्विविधाको अन्त्य हुने गरी योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई हाम्रो आफ्नै परिवेश अनुकूल र आकर्षक बनाउन ऐन, कानुन र कार्यविधिमा थप सुधार र परिमार्जन गर्नेतर्फ पनि सोच्नुपर्छ ।’
अहिले प्रचलनमा रहेको संचयकोष र उपदानको व्यवस्थालाई बढी भन्दा बढी श्रमिकको हितमा हुनेगरी व्यवस्थापन गर्न र त्यसका लागि सुविधा योजनालाई व्यवहारिक बनाउन पनि सोच्नुपर्ने ढकालको सुझाव थियो ।
यस प्रणालीका विषयमा श्रमिक र रोजगारदाताले अपेक्षा गरेकाले त्यसतर्फ सोच्न आग्रह गर्दै ढकालले सामाजिक सुरक्षा प्रणालीलाई आकर्षक बनाउन सबैले आ–आफ्नो तहवाट योगदान गर्न आग्रह गर्नु भयो ।