भोलि सार्वजनिक बिदा
- सनिउल्ला धोबी कपिलवस्तु भद्रा २३ ..
नेपालका हिन्दु मुस्लिमले मनाउने सदभावको पर्व मोहर्रमको अवसरमा भोली सार्वजनिक विदा दिइएको छ । कपिलवस्तुको महाराजगंज नगरपालिकाले भोली मगंलवार सार्वजनिक विदा दिएको छ ।
नगरपालिकामा हिन्दु मुस्लीम समुदायको बाहुल्यता रहेको र सबै समुदायले यस दिनलाई सदभाव पर्वको रुपमा मनाउने भएकाले सार्वजनिक बिदा दिइएको नगर प्रमुख अब्दुल कलामले जानकारी दिनु भयो ।
मुस्लिम समुदायले मात्र नभइ नगर क्षेत्रमा बसोवास गर्ने अन्य समुदायले पनि मोहर्रम पर्वमा आपसी भाईचाराको सम्बन्ध स्थापित मनाउने गरेकाले विदा दिइएको होे ।
स्थानीय सरकारले सार्वजनिक विदा दिन पाउने प्रावधान भए अनुसार महाराजगंज नगरपालिकामा मोहर्रमको विदा दिइएको हो । नगरकार्यपालिकाको बैठकबाट निर्णय गरी सार्वजनिक बिदा दिइएको हो।