Connect with us
Kapilvast Forest

राम्रा अभ्यासहरु कार्यान्वयन हुन्छन : मेयर कलाम

२०७६, २४ भाद्र मंगलवारमा प्रकाशित

abdul Kapilvastu Nepal

महाराजगंज नगरपालिका नगर प्रमुख अव्दुल कलाम खाँले वाल वालिकाका क्षेत्रमा भएका राम्रा अभ्यास कार्यान्वयन गरीने वताउनु भयो । सोमवार नगरपालिका सभाहलमा आयोतिज स्पोन्सरसिप परियोजना समापनकार्यक्रममा वोल्दै मेयर कलामले परियोजना क्षेत्रमा धेरै सुधार भएको हुदा अन्य क्षेत्रमा पनी सुधारका लागी प्रयास गरीने वताउनु भयो ।

कार्यक्रममा वोल्दै प्रमुख प्रशासकिय अधिकृत डोलराज ढकालले परियोजनाले वाल वालिकाको शिक्षा, स्वास्थ्य र अधिकारको क्षेत्रका राम्रा काम भएको वताउनु भयो । कार्यक्रममा सेभ द चिल्डे«नका ईश्वर खत्रीले स्थानिय सरकार संग सहकार्य गरी परियोजना समापन गर्दा दिगो रहने आषा गरेको वताउनु भयो । कार्यक्रममा नगरपालिका सामाजिक विकास अधिकृत निरन्जन पौडेल, सनशाईन सामाजिक विकास संस्था कार्यकारी निर्देशक कृष्ण कुमार श्रेष्ठ, महाराजगंज नगरपालिका वडा नं. ४ अध्यक्ष सुशिल चौधरी लगायतले वोल्नु भएको थियो ।

कार्यक्रममा परियोजना अवधीमा सहयोग गरे वापत वडा कार्यालयहरुलाई धन्यवाद पत्रले सम्मानीत गरीएको थियो । कार्यक्रममा शिवलाल यादवले १० वर्षको अवधीमा भएका कार्य र उपलव्धीको विषयमा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा सेभ द चिल्ड्रेन, सनशाईन सामाजिक विकास संस्था, कालिका स्वावलम्वन सामाजिक केन्द्रलाई नगरपालिकाले सम्मान समेत गरेको थियो । कार्यक्रम सनशाईन सामाजिक विकास संस्थाका अध्यक्ष तुलसीराम यादवको अध्यक्ष्ता र मेघनाथ गैरेको संचालनमा सम्पन्न भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu