Connect with us
Kapilvast Forest

अछाममा बस दुर्घटना हुँदा दुईको मृत्यु, २५ जना घाइते

२०७८, १४ मंसिर मंगलवारमा प्रकाशित

 

अछाम- मंगलसेनबाट धनगढी गइरहेको बस मंगलसेनस्थित कैलाशखोला नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ना ६ ख ८२९ नम्बरको बस मंगलसेनबाट छुटेको केही मिनेटमै दुर्घटना भएको हो ।

दुर्घटनामा मंगलसेन नगरपालिका– १४ निवासी ५७ वर्षीय टंक भण्डारी र मंगलसेन नगरपालिका–१ का २१ वर्षीय एकेन्द्र थापाको घटनास्थलमै मृत्यु भएको डीएसपी तुलसीराम अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा २५ बढी यात्रु घाइते भएका छन् ।

दुर्घटनाका घाइतेमध्ये २१ जनालाई जिल्ला अस्पताल र थपलाई वयलपाटा अस्पतालमा पठाइएको डीएसपी अर्यालले बताउनुभयो ।
अप्ठेरो ठाउँमा बस फसेकाले केही यात्रु बसमुनी च्यापिएको हुनसक्ने उहाँको भनाइ छ ।

नेपाली सेना, प्रहरीले उद्धारको काम गरिरहेका छन् । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu