एड्स दिवसमा एचआईभि संक्रमित बालबालिकाहरुलाई न्यानो कपडा
कपिलवस्तु-३४ बिश्व एड्स दिवसका अवसरमा कपिलवस्तुको तौलिहवामा ४९ जना एचआईभि संक्रमित बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरिएको छ । एड्स दिवसमा आयोजित अन्तरक्रिया कार्यक्रममा स्वास्थय कार्यालय, कपिलवस्तु अस्पताल, समपर्ण सहयोग समुह नमुना एकीकृत विकास परिषद लगायतका संस्थाहरुको संयुक्त आयोजनामा उनीहरुलाई हुड बितरण गरिएको हो ।
कपिलवस्तु नगरपालिकाको सहयोगमा गरिएको कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, गैर सरकारी संसथा महासंघका जिल्ला अध्यक्ष प्रबीण कुमार श्रीवास्तव, उपाध्यक्ष जय प्रकाश पाण्डेयले कपिलवस्तु नगरपालिकाका सामाजिक किावस अधिकृत पदमराज श्रेष्ठले संक्रमित बालबालिकाालई हुड हस्तान्तरण गर्नु भएको थियो । सो अवसरमा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्यले एचआईभि संक्रमितहरु एकबद्ध भएर्र आफनो हक अधिकारकालागि आवाज उठाउनु पर्ने बताउनु भयो । उहाँले संक्रमितहरुलाई सरकारले पनि उपचारमा सहयोग गरी आयआर्जनका कायृक्रममा सरिक गराउनु पर्ने बताउनु भयो । सो अवसरमा गैससका जिल्ला अध्यक्ष श्रीवास्तवले संक्रमितहरु आफै सशक्त हुन संगठीत हुनु पर्ने बताउनु भयो ।
उहाँले संक्रमितहरुको उपचारमा सरकारले ठोस कार्यक्रम ल्याउनु पर्ने बताउनु भयो । कार्यक्रममा संक्रमितका अभिभावकहरुले आफुहरुलाई अझै पनि समाजमा हेयभावले हेर्ने गरेको र बिभेद गर्ने गरिएको गुनासो गर्नु भयो । उहाँरुले कपिलवस्तु अस्पतालमा संक्रमित महिलाहरुले बच्चा जन्माउनकालागि जादा रिफर गरेर आफुहरुलाई उपचारबाट बंचित गराउने गरिएको गुनासो गर्नु भयो ।
एक हप्ता अघि मात्र सो अस्पतालमा एक संक्रमित महिलालाई त्यसरी अनावश्यकरुपमा रिफर गरी उपचारबाट बंचित गराइएको गुनासो गरिएको थियो । एआरटि परामर्शदाता जरिना खातुनले कपिलवस्तुमा ५ सय १० जना संक्रमित रहेको त्यस मध्ये ४९ जना बालबालिका रहेको बिवरण प्रस्तुत गर्नु भएको थियो । अहिले सम्म जिल्लामा १ सय ५ जनाले एड्काका कारणले ज्यान गुमाएका र ४ सय ९१ जना एआरिटी लिएको उनले बताईन । सो अवसरमा कपिलवस्तु नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठले संक्रमितहरुकोलागि कपिलवस्तुन नगरपालिकाले कार्यक्रम ल्याई सहयोग नर्गे बताउनु भयो । कार्यक्रममा संक्रमितहरुको क्षेत्रका काम गर्ने सुशिला बेल्बासेले एड्सको अवस्था बारे जानकारी गराउनु भयो ।