नेकपाको शपथ ग्रहणमै झडप : पूर्वमन्त्री साह कुटिए
महोत्तरी । बर्दिवास नगरपालिकास्थित बर्दिवास सेवा समितिको हलमा भएको नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश २ को शपथ ग्रहण समारोहमा झडप भएको छ ।
प्रदेश २ का आठवटै जिल्लाको सपथ ग्रहण हुने निधो भएपनि सिरहा र सप्तरी कमिटीको असन्तुष्ट पक्षको विरोधपछि पनि कार्यक्रम स्थगित नभएकाले झडप भएको हो ।
सक्रिय भन्दापनि शीर्ष नेताको नजिकका मानिसहरुले पद पाएको भन्दै केही कार्यकर्ताले असन्तुष्टि जनाएका थिए ।
कार्यक्रममा प्रदेश २ का अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेलमाथि हातपात भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्जसमेत गरेको छ ।