Connect with us
Kapilvast Forest

पुर्व राजदुत दीपकुमार पुत्र शर्माको लुम्विनी प्रदेशको सदस्यमा उम्मेदवारी

२०७८, १६ मंसिर बिहीबारमा प्रकाशित

कपिलवस्तु-नेपाली कांग्रेसको १४ औं महाअधिवेशन अन्र्तगत लुम्विनी प्रदेश समितिको सदस्य पदमा पुर्व राजदुत एवं पुर्व मन्त्री दीप कुमार उपाध्यायका पुत्र आशीष शर्माले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । नेपाली कांग्रेस कपिलवस्तुको राजनितिमा प्रत्यक्ष रुपमा उत्रिएका युवा नेता शर्मा जिल्लाका लोकप्रिय युवा नेताको रुपमा परिचित हुनुन्छ ।

पिताको राजनिति कर्मको पद चापलाई पछ्याउंदै युवा नेता शर्माले पनि आफु नेपाली कांग्रेसको राजनितिमा सक्रिय हुने उद्घोष गर्नु भएको हो । राजनितिलाई पेशा होईन रुचि बनाउंछु, नेता शर्माले भन्न्नु भयो , “अब युवाहरुले राजैतिक नेतृत्व लिन अग्रसर हुनु पर्ने बेला आएको छ ।”

विपीको प्रजातान्त्रिक समाजवादको अनुयायी हुं । मेरो राजनैतिक उद्देश्य पार्टी संगठन विस्तार नै हो । आम कांग्रेसी नेता कार्यकर्ताहरु माझ एकताको सन्देश लिएर अघि बढेको छु । सवैको साथ र माया पाउने अपेक्षामा छु, उहाँले भन्नु भयो ।

नेता शर्माले थाईलैण्डको ईस्टिच्युट अफ टेक्नोलोसीबाट एम।वि।ए।उत्तीर्ण गर्नु भएकोछ । नेता शर्मा हाल नेपाली कांग्रेस लुम्विनी प्रदेश स्तरीय उद्योग तथा व्यापार विभागको संयोजक समेत हुनुन्छ । उहाँ कपिलवस्तु क्षेत्र नं। १ को क बाट सवै भन्दा बढी मत प्राप्त गरी महाधिवेशन प्रतिनिधीमा निर्वाचित हुनु भएको थियो ।

निजी क्षेत्रको उच्च पदको जागिर त्यागेर प्रत्यक्ष राजनितिमा उत्रिएका नेता शर्मालाई कांग्रेसका अगुवा नेता कार्यकर्ताहरुको ठुलो सहयोग समेत रहेको छ । जिल्लाको राजनितिमा ईमान्दार त्यागी तथा निष्ठावान् नेता सुधाकर पाण्डेयलाई म नेता मानेर अघि बढ्छु, उनले भने, “दक्षिण र उत्तरलाई जोडेर मजबुत कांग्रेस बनाउने मेरो सपना छ । त्यसका लागि नेता सुधाकर पाण्डेयको साथ सहयोग र सरसल्लाहमा अघि बढ्ने छु ।”नेता शर्मा जिल्लामा देउवा गुटमा देखिएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu