Connect with us
Kapilvast Forest

महाराजगंजमा ग्लोबल आईएमई बैंकद्धारा वित्तीय साक्षरता तथा डिजिटल बैकिङ्ग सम्बन्धी कार्यक्रम सम्पन्न

२०७८, १६ मंसिर बिहीबारमा प्रकाशित

कपिलवस्तु : कपिलवस्तुमा ग्लोबल आईएमई बैंक लिमिटेडले वित्तीय साक्षरता तथा डिजिटल बैकिङ्ग सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।कपिलबस्तु जिल्लाको माहराजगंज नगरपालिका नगरपालिका वडा नं.१ महाराजगंजको श्री जानकी माध्यामिक बिद्यालय महाराजगंजको सभाहलमा सो कार्यक्रम सम्पन्न गरेको हो ।

आधुनिक डिजिटल प्रविधिको युगमा कसरी सुरक्षित र भरपर्दो तरिकाले प्रयोग गर्ने भन्ने विषयमा चेतनामुलक कार्यक्रम आयोजना गरिएको ग्लोबल आई.एम.ई बैकं महाराजगंज शाखाको शाखा प्रबन्धक कमल पौडेलले जानकारी दिनु भयो । हेड अफिस बजार व्यवस्थापन प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटाले बैंकले डिजिटल माध्यमवाट प्रदान गर्दै आएका सेवा, सुविधालाई प्रयोग गर्ने बारे प्रशिक्षित गर्नुभएको छ ।

प्रमुख शिवाकोटाले क्युआर सेवा, इन्टरनेट बैंकिङ, मोबाईल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड सम्बन्धी जानकारी गराउनुभयो । यस्तै उहाँले अहिलेको समयमा मोबाइलमा लोभलालच देखाएर ठगी गर्नेहरुले खाता नं. र ओटिपी कोड माग्ने घटनाहरु भइरहेकाले यस्ता खालका घटना घट्न नदिन ओपिडी कोड, पासवर्ड, पिनकोड कसैलाई नदिन अनुरोध गर्नुभयो ।

साथै प्रिपेड र पोसपेड सिम चलाउने ग्राहकहरुले मोबाइल बैंकिङको ग्लोबल स्मार्ट एप चलाउदा निशुल्क इन्टरनेट सुविधा पाउने सेवा सुविधा पनि रहेको प्रशिक्षणको क्रममा बताईएको छ । कार्यक्रममा हेड अफिस बजार व्यवस्थापन प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटा लगायतको सहभागिता रहेको शाखा प्रबन्धक कमल पौडेलले जानकारी दिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu