Connect with us
Kapilvast Forest

भलिबलको बन्द प्रशिक्षणबाट रेश्मा भण्डारीसहित पाँच खेलाडी बहिरिए

२०७८, १८ मंसिर शनिबारमा प्रकाशित

काठमाडौं- राष्ट्रिय महिला भलिबल टिमको बन्द प्रशिक्षणबाट पाँच खेलाडी बाहिरिएका छन् ।नेपाल भलिबल संघले बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट पाँच खेलाडी बाहिरिएको जनाएको छ । संघले पहिलो चरणमा ५ खेलाडी टिम बाहिर राख्दै १५ सदस्सीय टिम छनोट गरेको हो ।

बन्द प्रशिक्षणबाट बाहिरिनेमा रेश्मा भण्डारी, पुनम चन्द, शान्तिकला तामाङ, उषा विष्ट र जानकी भण्डारी रहेका छन् । महिला टोलीले एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताका लागि तयारी गरिरहेको छ ।

बंगलादेशको ढाकामा आयोजना हुने प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ सम्म हुनेछ । नेपाली महिला टोलीले २०१९ को सेन्ट्रल जोनको उपाधि जितेको थियो ।

यसै प्रतियोगिताको लागि पुरुष टिमको प्रशिक्षण समेत भईरहेको छ । पुरुषको १५ जनाको सूची आइतबार सार्वजनिक हुने संघले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu