Connect with us
Kapilvast Forest

पुस ८ देखि बुटवलमा व्यापार मेला

२०७८, १८ मंसिर शनिबारमा प्रकाशित

 

रुपन्देही – आगामी पुस ८ गतेदेखि उद्योग व्यापार संघ बुटवलले औद्योगिक व्यापार मेला गर्ने निर्णय गरेको छ ।स्वाधीन अर्थतन्त्रका लागि औद्योगिकरण तथा ब्यापार विविधकरण नाराका साथ बुटवलको देवीनगरमा राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला सञ्चालन गर्ने तयारीमा लागेको संघले जनाएको छ ।

बुटवलको देवीनगर रंगशाला नजिकैको खुला मैदानमा औद्योगिक प्रदर्शनी तथा व्यापार मेला सञ्चालन गर्न लागिएको हो । मेलाका लागि बुटवल उपमहानगरपालिकाबाट लिखित स्वीकृति लिएर तयारीका काम थालेको संघका अध्यक्ष गोबिन्दराज गैरेले बताउनु भयो ।

एकदुई दिनमै मेलाको सचिवालय देवीनगरमा सारेर तयारीका काम तीब्र बनाउने निर्णय भएको वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद पाण्डेले बताउनु भयो ।

मेलामा स्वदेशी उद्योग र उत्पादन,कृषि, हस्तकला र नयां प्रविधिलाई प्राथमिकता दिने गरी स्टल राखिने महासचिव पदम जीसीले बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu