जसपाले जनताको समस्या समाधान गर्छ: प्रदेश अध्यक्ष यादव
जनता समाजवादी पार्टीले शिवराज नगरपालिका वडा १ मा वडा कमिटि गठन गरेको छ ।
कार्यक्रममा बोल्दै जसपाका प्रदेश अध्यक्ष अशोक यादवले जनताका समस्या समधान गर्ने पार्टी जसपा रहेकोले यसमा आवद्ध हुनेहरुको सख्या बढी रहेको बताउनुभयो ।
आगामि स्थानीय निर्वाचनमा शिवराज नगरपालिकाका सबै वडामा तथा नगरमा जसपाले जित हासिल गर्ने दावि गर्नुभयो । कार्यक्रममा शिवराज नगर अध्यक्ष कृष्णकुमार चौधरीले नव गठित कमिटिलाई सफल कार्यकालको शुभकामना दिनुभयो । निवर चौधरीको अध्यक्षतामा ५१ सदस्य वडा कमिटि गठन भएको जसपा शिवराज नगरपालिका अध्यक्ष कृष्णकुमार चौधरीले बताउनुभयो ।
युवा नेता रहिश शाहले अहिलेका जनप्रतिनिधिहरुले विकास गर्न नसकेकोले आगामी निर्वाचनमा उनीहरुको मुल्याकंन जनताले गर्ने बताउनुभयो । विकासको नाममा जनतालाई घरवार विहिन बनाउने तयारी गरेको प्रतिनिधिहरुलाई जसपाले चुनौती दिदै आएको बताउनुभयो ।कार्यक्रममा महारानी थारु,प्रमिला थारु,रामनिवास यावद लगाएतको सहभागिता रहेको थियो ।