राप्रपाको मतगणना:लिङ्देनको अग्रता कायमै
काठमाडौं-राप्रपाको नयाँ नेतृत्व चयनका लागि भएको मतगणना अन्तिम चरणमा पुगेको छ । अब ९०० मत मात्रै गन्न बाँकी रहेको निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार पछिल्लो मतपरिणाममा अध्यक्षका प्रत्यासी लिङ्देनले १३७१ र कमल थापाले ११५४ मत ल्याउनु भएको छ । लिङ्देनले मतगणना सुरु भएदेखि नै अग्रता बनाउँदै अघि बढढनु भएको छ ।नयाँ नेतृत्व चयनका लागि राप्रपामा शनिबार मतदान भएको थियो ।