कमल थापा पराजित हुँदा छोरी, भाइ र भतिजा भने विजयी
काठमाडौं-राप्रपा एकता महाधिवेशनमा कमल थापा पराजित भए पनि उहाँका परिवारका तीन जना सदस्य भने केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएकोे छ । थापाकी कान्छी छोरी प्रतिष्ठा थापा रायमाझी विजयीहुनु भएको हो । उहाँ पूर्व प्रधानन्यायाधीश मीनबहादुर रायमाझीकी बुहारी पनि हुनुन्छ ।
त्यस्तै भाइ गणेश थापा र भतिजा अभिषेक थापा केन्द्रीय समिति सदस्यमा विजयी हुनु भएके छ । छोरी प्रतिष्ठाले १ हजार ५३० मत ल्याउँदा अखिल नेपाल फुटबल संघका पूर्वअध्यक्ष थापाले १ हजार ३३२ मत ल्याउनु भएको छ । गणेशका छोरा अभिषेकले १ हजार ३२७ मत ल्याएर विजयी हुनु भएके हो ।
राप्रपाको पहिलो एकता महाधिवेशन नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन सम्पन्न भएको छ । अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी हुनु भएके छ भने उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुव बहादुर प्रधान, रोशन कार्की निर्वाचित हुनु भएको छ । यस्तै महामन्त्रीमा डा। धवलशमशेर राणा, भुवन पाठक र कुन्ती शाही विजयी हुनु भएको छ । राप्रपा केन्द्रीय सदस्यका उम्मेदवारको परिणाम सार्वजनिक भएको छ ।
