राप्रपा केन्द्रीय सदस्यमा २३ वर्षीया सुष्मा मिश्र विजयी
काठमाडौं-राप्रपाको केन्द्रीय सदस्यमा २३ वर्षीया सुष्मा मिश्र निर्वाचित हुनु भएको छ ।उहाँ खुला महिलातर्फ केन्द्रीय सदस्य पदमा उठ्नु भएको थियो ।आज बिहान आएको मतपरिणामअनुसार उनले एक हजार दुई सय ८७ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको हो ।
उहाँ बारा क्षेत्र नम्बर ३ को (क)बाट राप्रपा महाधिवेशन प्रतिनिधि हुनु भएको थियो ।मिश्र कानुनको विद्यार्थी हुनुन्छ । उहाँ राप्रपाको भातृ विद्यार्थी संगठनमा केन्द्रीय उपाध्यक्ष हुनुन्छ । उहाँ राप्रपाको विद्यार्थी संगठनमा पहिले जिल्ला सचिव पनि हुनु भएको थियो ।
आफू १६ वर्षको उमेरदेखि नै राजनीतिमा सक्रिय भएर लागेको उहाँले बताउनु भयो ।उहाँले पार्टीमा युवा पुस्ता आउनु सकरात्मक पक्ष भएको बतानु भएको छ । ‘पार्टीमा मलाई जिताउनु हुने सबैलाई धन्यबाद। पार्टीमा युवा पुस्ताको आवश्यकता देखिएको छ,’ उहाँले भन्ु भयो ।
उहाँले गुटको राजनीति गर्न नहुने पनि बताउनु भयो । ‘गुटभन्दा पनि मेरो जित समग्र राप्रपाकै जित हो,’ उहाँले भन्न भयो ।