प्रधानन्यायाधीश हटाउँदैमा न्यायालय सुधार हुँदैन : ओली
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाबाट न्यायालय सुधार नहुने बताउनु भएके छ ।
नेपाल बार एशोसिएसनको टोलीसँग मंगलबार आफ्नै निवास बालकोटमा भएको कुराकानीमा उहाँले प्रधानन्यायाधीशको राजीनामा वा महाभियोगबाट न्यायिक सुधारको सुरुवात नहुने बताउनु भएको हो ।
कानुन व्यवसायीले प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाएर हटाउन ओलीको सहयोग माग्नु भएके थियो । तर उहाँले राजीनामा वा महाभियोग न्यायलय सुधारको बाटो नभएको धारणा राख्नु भयो ।
‘तपाईंहरुको कुरा थुप्रै जायज छ’ कानुन व्यवसायीहरुलाई उहाँले भन्नु भयो ‘तर (प्रधानन्यायाधीशको राजीनामा) प्रस्थान विन्दु होइन, अन्त्य हो । त्यसबाट न्यायिक सुधार अगाडि जान्छ भन्ने होइन, पूर्णविराम लगाउने कुरा हो ।’ पूर्वप्रधानमन्त्री ओलीले क्यान्सरको उपचार कुखुरा मन्साएर नहुने टिप्पणी गर्नु भयो ।
उहाँले न्यायालय अहिले स्वच्छ र निष्पक्ष दुवै नभएको जिकिर गर्नु भयो । ‘न्यायालय न स्वच्छ रह्यो न निष्पक्ष रह्यो’ ओलीले कानुन व्यवसायीलाई भन्नु भयो , ‘यहाँहरुले स्वच्छताको त कुरा उठाउनुभयो निष्पक्षताको प्रश्न उठेन कि जस्तो लाग्यो । आफू अधिवक्ता भएकाले पो हो कि