Connect with us
Kapilvast Forest

प्यूठानको सरुमारानीमा बेरुजु शुन्य

२०७८, २१ मंसिर मंगलवारमा प्रकाशित

 प्यार अलि खान,प्यूठान- प्यूठानको सरुमारानी गाउँपालिकाले बेरुजु रकम शुन्यमा झारेको गाउँपालिकाले जनाएको छ। आर्थिक वर्ष २०७७/०७८ मा बेरुजु फछ्र्योट गर्दा शून्यमा झारिएको प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी रेग्मीले जानकारी दिनु भयो ।

गाउँपालिकाले आव ०७७/०७८ मा एकीकृत आर्थिक विवरण अनुसार ४६ करोड ८४ लाख ४० हजार ८ सय ६० रुपैयाँको कारोबार गरेको थियो। मलेपको प्रारम्भिक प्रतिवेदनबाट गाउँपालिकाको पेश्की बेरुजु १ करोड ४४ लाख ४८ हजार रुपैयाँ, पेश्की बाहेकको बेरुजु १६ लाख १२ हजार ६ सय ८५ रूपैंया गरि कुल बेरुजु १ करोड ६० लाख ६० हजार ६ सय ८५ रूपैंया बराबरको सम्पूर्ण बेरुजु सम्परीक्षण भई आव ०७७/०७८ को बेरुजु शुन्य भएको प्रमुख प्रशासकीय अधिकृत रेग्मीको भनाई रहेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu