स्याउ नबिकेपछि गाइवस्तु र सुँगुरलाई दाना
रुकुम । रुकुम जिल्ला सदरमुकाम पुगेर स्याउ किन्नुप¥यो भने कम्तीमा पनि दुई सय रुपैयाँ तिर्नुपर्छ।
तर त्यही सदरमुकामदेखि केही पर रहेको एक गाउँमा भने ३० रुपैयाँ किलो पनि बिक्दैन।यो व्यथा हो रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको।
यसैकारण किसान घरमा आउने पाहुनालाई डोकोभरि स्याउ कोसेली दिएर पठाउँछन्। गाइवस्तु र सुँगुरले पनि खाइनसक्दा कुहिएर खेर जाने गरेको छ।
आजको नयाँ पत्रिकामा खबर छ।