कांग्रेसमा कृष्ण सिटौला समूहको छुट्टै छलफल
काठमाडौं -नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला समूहको छलफल सुरु भएको छ । उनको निवासमा छलफल सुरु भएको एक नेताले जानकारी दिनु भयो ।
ती नेताका अनुसार आजको छलफलबाट सिटौलाले उमेदवारी दिने कि अर्को पक्षलाई सहयोग गर्ने भन्ने निर्णय हुनेछ ।
स्रोतले दिएको जानकारीअनुसार सिटौलाले सभापतिमा शेरबहादुर देउवालाई नै सहयोग गर्न चाहनु भएको छ । उहाँको समूहभित्र पनि देउवासँग जान नहुने मत रहेका कारण निर्णय हुन नसेकेको स्रोतले जानकारी दियो ।