Connect with us
Kapilvast Forest

प्रतिनिधि सभा सांसद् सिंह कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

२०७८, २३ मंसिर बिहीबारमा प्रकाशित

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद् अमरेशकुमार सिंह कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित हुनु भएको छ ।

सर्लाही क्षेत्र नम्बर ४ मा मंगलबार भएको अधिवेशनबाट सिंह महाधिवेशन प्रतिनिधिमा पराजित हुनु भएको हो । अधिवेशनमा सभापति शेरबहादुर देउवा निकटका नेता वीरेन्द्र सिंहको प्यानलनै विजयी भएको छ।

आज बिहान सार्वजनिक मतपरिणाम अनुसार विरेन्द्रले ५ सय १४ मत ल्याउँदा अमरेशले २ सय ४८ मत ल्याएको निर्वाचन समितिले जनाएको छ। पराजयसँगै सिंहले अब केन्द्रीय महाधिवेशनमा भाग लिन पाउनुहुने छैन ।

केन्द्रीय सदस्य डाक्टर शेखर कोइराला निकटका नेता अमरेशले सर्लाहीको क्रियाशील वितरणमा संस्थापन समूहले धाँधली गरेको आरोप लगाउँदै आउनु भएको थियो ।
क्रियाशील सदस्यताको फारम वितरणदेखि नै संस्थापन पक्षले एकलौटी गरेको उहाँको आरोप थियो।क्रियाशील सदस्यताकै विवादलाई लिएर सर्लाहीमा हवाइ फायर तथा झडप समेत भएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu