Connect with us
Kapilvast Forest

शिवगढीमा आखा शिबिर ३०० बढी लाभान्वित

२०७८, २३ मंसिर बिहीबारमा प्रकाशित

कपिलवस्तु -मनकामना स्वावलम्बन बचत तथा ऋण सहकारी सस्थाले निशुल्क आँखा शिबिर सम्पन्न गरेको छ बिहिवार मनकामना सहकारी सस्थको भवनमा सन्जिवनी आई केयर अस्पतालको सहयोग मनकामना स्वावलम्बन बचत तथा ऋण सहकारी सस्था लिको आयोजनामा शिबिर सम्पन्न भएको हो ।शिबिरमा स्थानीय ३०० जना बिरामीले निशुल्क सेवा लिएको सस्थाका सल्लाहकार संयोजक हरिप्रसाद श्रेष्ठले जानकारी दिनु भयो ।

शिविरमा धेरै मोतियाबिन्दुका बिरामी उपचारका लागी आएकोमा सामन्य बिरामीहरुलाई उपचार तथा औषधी वितरण गरिएको र गम्भीर बिरामीलाई थप उपचारको लागि अन्त पठाईएको सन्जिवनी आई केयर अस्पतालका आखा विशेषज्ञ तस्वीर गैरेले जानकारी दिनु भयो ।

शिबिर बिहीबार बिहान १० बजे देखि साझ ५ बजे सम्म चलेको थियो ।शिबिरमा आशा गरे भन्दा धेरै बिरामी उपचारका लागि आउनुले स्थानीय ले आखालाई खासै ध्यान नदिएकाे पाईएको सन्जिवनी आई केयर अस्पतालका आखा विशेषज्ञ गैरे बताउनु भयो ।

अझै शिवगढीमा थुप्रै बिरामी रहेकोले अर्को शिविर गर्ने तयारी गरेको सस्थाका सल्लाहकार संयोजक हरिप्रसाद श्रेष्ठले जानकारी दिनु भयो ।सस्थका अध्यक्ष दिलमाया बाठा मगरको अध्यक्षतामा भएको शिबिरमा वडा अध्यक्ष चुर बहादुर खड्का स्वास्थ्री चौकी ईन्चार्ज बिरेन्द्र कुमार मिश्र ,ईलाका प्रहरी कार्यालयका प्र ना नि रेशम बहादुर जि सी ,ब्यवस्थापक दिल मय श्रेष्ठको उपस्थितिमा सम्पन्न भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu