Connect with us
Kapilvast Forest

सांसद शाहद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उमेदवारी घोषणा

२०७८, २३ मंसिर बिहीबारमा प्रकाशित

कपिलवस्तु न्युज सेन्टर नेपाल- कपिलवस्तुका प्रभावशालि नेपाली कांग्रेसका युवा नेता  अभिशेक प्रताप शाहले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रिय सदस्य पदमा उमेद्धवारीको घोषणा गर्नु भएको छ ।

उहाँले पार्टी पुनःजागरण र रुपान्तरणका लागि आफ्नो उमेद्वारी घोषणा भएको बताउनु भयो । बीपी कोइरालाको परिकल्पनाबाट स्थापित पार्टीलाई अझ सशक्त र मजबुत बनाउन  आफनो उमेदवारी रहेको  शाहको भनाइ छ ।

कांग्रेसका पार्टी सभापति शेर बहादुर देउवा निकट मानिने कपिलवस्तु क्षेत्र नः ३ का प्रतिनिधि सभा सदस्य समेत रहनु भएका शाहलेलगातार ३ पटक सांसद पद जितत्नु भएको छ ।

शाहको उमेद्धवारीसगैँ कपिलवस्तुका नेता तथा कार्यकर्तामा उत्साह समेत छाएको छ । शाह देशभर युवामाझ लोकप्रिय रहनुका साथै निडर र प्रष्ट बक्ताका रुपमा समेत परिचित रहनु भएको छ ।

पार्टीभत्र युवालाई अवसर दिन अहिलेको आवश्कता रहेको बताउदैँ शाहले आफुले अत्याधिक मत ल्याएर चुनाव जित्ने समेत बिश्वास ब्यक्त गर्नुभयो । कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu