Connect with us
Kapilvast Forest

कपिलवस्तुबाट ३ जना केन्द्रिय सदस्य र एक जना सह महामन्त्रीको आकांक्षी

२०७८, २३ मंसिर बिहीबारमा प्रकाशित

कपिलवस्तु -नेपाली कांग्रेसको काठमाण्डौमा हुने १४ औ माहाधिबेशनमा कपिलवस्तुका ३ जना केन्द्रिय सदस्य र एक जना सह महामन्त्रीमा आकांक्षी छन । कृष्णनगर क्षेत्रबाट ३ जना केन्द्रिय सदस्यमा लडने आकांक्षा देखाउनु भएको छ । नेता अभिषेक प्रताप शाह, बिरेन्द्र कनौडिया अकिल मिया केन्द्रिय सदस्यमा लडने जनाउनु भएको छ । यस्तै सासद तथा कांग्रेसका केन्द्रिय सदस्य अतहर कमाल मुसलमान सह महामन्त्रीमा लडने तयारी गर्नु भएको छ ।

अभिषेक प्रताप शाह मधेसी कोटामा लडने जनाउनु भएको छ । लगातार ३ पटक सांसद बनेका शाह कांग्रेसको आमन्त्रित सदस्य समेत हुनुन्छ । क्षेत्र नम्बर ३ बाट महाधिबेशन प्रतिनिधि छानिएका उहाँले नेपालाई पुनः हिन्दु राष्ट्र कायम गराउने एजेन्डा लिएर केन्द्रिय सदस्यमा उम्मेदवारी दिने आफनो फेसबुक पेजमा पोस्ट गर्नु भएको छ । उनलेसंस्थापन पक्षबाट चुनाव लडने जनाउनु भएको छ ।

ल्म्बिनी प्रदेशका संसदीय दलका नेता समेत रहेका नेता बिरेन्द कनौडिया समेत केन्द्रिय सदस्यमा संस्थापन पक्षबाट लडने आकांक्षा देखिनु भएको छ । यस्तै पुर्व क्षेत्रीय सभापति मियाले भने मुस्लिम कोटाबाट पौडेल समुहबाट चुनाव लडने गरी प्रचारप्रसार अघि बढाउनु भएको छ । उता नेता कमालले सह महामन्त्री लडने संस्थापन पक्षमा दाबी गरेको बताउनु भयो ।

त्यही समुहबाट फरमुल्लाह मन्सुरीले चुनाव लडने घोषणा गरेका छन । नेता कमालले आफु संस्थापन पक्षबाट सह महामन्त्रीमा लडने तयारी गरे पनि अझै सम्म कस्ले त्यसको टिकट पाउने यो यकीन नभएको बताउनु भयो । आफुलाई अन्य समुहबाट समेत सह महामन्त्री लडन प्रस्ताव आए पनि आफुले अस्विकार गरेको बताउनु भयो । उहाँले अहिलको परिबेशमा युवा र पाका नेताहरुलाईए मिलाएर लैजानु पर्ने बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu