Connect with us

तुफानको रुपमा अगाडि बढ्छौं : केपी ओली

२०७८, २६ मंसिर आईतवारमा प्रकाशित

 

काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी अब तुफानको रुपमा अगाडि बढ्ने बताउनु भएको छ ।

आइतबार भक्तपुरमा बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले स्थायी कमिटी तथा पोलिटव्यूरो गठन मन नपरेको भए पनि मान्नुपर्ने बताउनु भयो । पार्टीको महाधिवेशन भर्खर भएको र केन्द्रीय कमिटी सर्वोच्च संस्था भएको भन्दै उहाँले भन्नु भयो , ‘आज जिम्मेवारी पाइएन भने भोलि पाइएला ।’

 

चुनाव आएको भन्दै उहाँले जिल्ला र प्रदेश अधिवेशनमा व्यापक जनपरिचालन र पार्टी प्रवेश कार्यक्रम गर्नुपर्ने बताउनु भयो । ओलीले अघि भन्नु भयो ‘हामी तुफानको रुपमा अगाडी बड्छौं । कम्तीमा ६० प्रतिशत भोट हाम्रो पक्षमा ल्याऔं ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu