Connect with us
Kapilvast Forest

शिव मा.वि.मा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०७८, २८ मंसिर मंगलवारमा प्रकाशित

शिव कुमार बेल्बासे ,कपिवस्तु-

हर प्रहरी गाउँ र नगरी ,टोल टोलमा नेपाल प्रहरी भन्ने अभियानका साथ सुरु गरिएको समुदाय प्रहरी साझेदारी अन्तर्गत आज कपिलवस्तुको विजयनग गाउँपालिकाका प्रहरी चौकी ठाकुरपुर र प्रहरी चौकी खडैचाको संयुक्त आयोजना शिव माध्यमिक विद्यालय डालरपुरमा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

कक्षा ८,९र१०मा अध्ययनरत विद्यार्थीलाई कार्यक्रममा प्रमुख प्रशिक्षकको रुपमा प्रशिक्षण दिदै ट्राफिक प्रहरी प्रहरी हवल्दार हरि बहादुर विसी ले विद्यार्थीलाई ट्राफिक नियमका र यसको उल्लङ्घन गरेमा हुने सजायको बारेमा प्रष्ट पार्नुभएको थियो ।विद्यार्थी भनेको एउटा शिक्षित व्यक्ति भएकोले विद्यार्थीले पनि आफ्नो समुदायका मानिसलाई सवारी चालक अनुमतिपत्र विना सवारी चलाउनु हुँदैन ,हेलमेट अनिवार्य लगाउनुपर्छ , बाटो काट्दा ट्राफिक चिह्नको ख्याल गर्नुपर्छ भन्ने बारेमा सचेतना फैलाउन आग्रह गर्नुभयो ।

साथै कार्यक्रममा प्रहरी चौकी ठाकुरापुरका प्रहरी सहायक निरीक्षक हेम बहादुर जिसी ले विद्यार्थी भनेको बर्दी बिनाको प्रहरी हो आजको विद्यार्थी भोलि देशको जिम्मेवार नागरिक हो त्यसैले समाजमा जनचेतना फैलाउन विद्यार्थीको पनि प्रमुख भूमिका हुने बताउनुभयो ।लागू औषध र यसले समाजमा पार्ने असर र न्यूनीकरणको बारेमा जानकारी दिदै लागूऔषध ओसारपसार वा यस कार्यमा सङ्लग्न व्यक्तिलाई कस्तो सजाय हुन्छ भन्ने बारेमा जानकारी दिनुभयो ।उहाँले समाजमा अशान्ति फैलाउने जुनसुकै गतिविधि भएमा नजिकैको प्रहरी कार्यालयमा सूचना दिन आग्रह गर्नुभयो ।

काकार्यक्रममा प्रहरी हवल्दार भुवन बिस्ट,प्रहरी जवान सन्दीप कुमार सहानी लगायत विद्याालयका सम्पूर्ण शिक्षकहरुको सहभागीता रहेको थियोे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu