एमसीसीको विरोध गर्ने सीपी गजुरेलसहित ४२ जना प्रहरी नियन्त्रणमा
काठमाडौं- नयाँ बानेश्वरस्थित ससंद् भवन अगाडि अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध नाराबाजी गरेको भन्दै ४२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा नेकपा (क्रान्तिकारी) माओवादीका नेता सीपी गजुरेललगायत रहनु भएको छ ।
एमसीसी संसद्बाट पारित नगर्न माग गर्दै संसद् भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन भएको अखिल क्रान्तिकारीका नेता मदन केसीले जानकारी दिनु भयो ।