Connect with us
Kapilvast Forest

लगानीकर्तालाई अर्थमन्त्रीले भने–नआत्तिनुस्, म सकारात्मक नै छु

२०७८, २८ मंसिर मंगलवारमा प्रकाशित

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले शेयर लगानीकर्ताहरुलाई शेयर बजारका विषयमा आफू नकरात्मक रहेको भन्नेकुरा गलत भएको बताउनु भएको थियो । लगानीकर्ताको एक समूहसँगको भेटमा अर्थमन्त्री शर्माले आफूले बजार घटाउने र बढाउने भन्ने खेलमा कहिले नलाग्ने भन्दै नआत्तिन र अफवाहका पछाडि नलाग्न आग्रह गर्नु भएको छ ।

अर्थमन्त्री शर्माले लगानीकर्ताहरुले उठाएका सकारात्मक मागहरु पुरा गर्न आफू लागि पर्ने भन्दै गलत कुराका पछाडि नलाग्न आग्रह गर्नु भयो । बजार घटाउन वा बढाउन आफूले कहिले पनि कुनै किसिमको भूमिका नखेलेको भन्दै अर्थमन्त्री शर्माले यसबारे बुझ्न लगानीकर्ताहरुसँग आग्रह गर्नु भएको छ ।

अर्थमन्त्रीलाई भेट्न दिउसो १ बजे नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अम्बिकाप्रसाद पौडेल, शेयर लगानीकर्ता हरि ढकाल, तिलक कोइराला लगायतका आधा दर्जन बढी लगानीकर्ताहरु सिंहदरबार पुग्नु भएको थियो । भेटपछि प्रतिक्रिया दिँदै महासंघका केन्द्रीय सदस्य पौडेलले अर्थमन्त्रीले लगानीकर्ताहरुको मागको विषयमा चासो राखेको बताउनु भयो ।

‘शेयर बजारका विषयमा मन्त्री ज्यू एकदमै सकारात्मक हुनुहुन्छ, उहाँले हाम्रा समस्याहरु बुझ्नु भयो र समस्या समाधानका लागि आवश्यक सहयोग गर्ने समेत बताउनु भएको छ,’ पौडेलले भन्नु भयो । ‘कतिपय विषयहरु सम्वोधन गर्न धितोपत्र बोर्ड र नेप्सेको प्रमुख नहुँदा समस्या भएको भन्दै यस विषयमा पनि आफ्नो ध्यानाकर्षण भएको मन्त्री ज्यूले बताउनु भएको छ ।’

यस अघि सोमबार पनि अर्थमन्त्री शर्माले सार्वजनिक मञ्चबाटै शेयर बजारका विषयमा आफूलाई गलत तरिकाले जोडिएको बताउनु भएको थियो । आफूले बजार घटाउने काम नगरेको भन्दै उनले अहिले बजारमा देखिएका समस्याहरु समाधान गर्न विज्ञसँग छलफल भइरहेको बताउनु भएो थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu