कपिलवस्तुमा राष्ट्र उत्थान लघुवित्तको मनोमानी
न्युज सेन्टर नेपाल- कपिलवस्तु,
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लि. केन्द्रीय कार्याालयले मनोमानी गरेको पाइएको छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडबाट कपिलवस्तु शिवराज नगरपालिका ५ चन्द्रौटा खशी बजारका देवीराम अधिकारी पीडित हुन भएको छ ।
वित्तीय सस्थाको शाखा कार्यालय तथा कर्मचारी आवास प्रयोजनाका लागि लिएको घरको विषयमा वित्तिय सस्थां मनोमानी गरेको पीडित देविराम अधिकारीले बताउनु भयो ।
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले २०७५ असार २५ गते २०८० असार मसान्तसम्म घरबेटी अधिकारीसगँ कोठा भाडामा लिने सम्झौता भएको थियो ।
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था अहिले त्यहाबाट अर्कै घरमा सरेपछी राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था चन्द्रौटा शाखा र घरबेटी अधिकारी विच घर मर्मतको विषयमा विबाद भएको छ ।
सम्झौता पत्रमा बहाल घरकोठाको सामान्य स्याहार समार संस्थाको दायित्व हुनेछ भनेर सम्झौता भएको थियो । संस्था बसेको कोठाको प्लष्टर उक्किएको, ढोका बिग्रेको र दिवालको रगं समेत बिगारेकोले मर्मत सम्भार गर्न माग गरेको अधिकारीले बताउनु भयो ।
सम्झौता पत्रमा स्पष्ट लेखिएपनी अहिले संस्थाले घरको मर्मत नगरी अटेरी गरेको घरबेटी देविराम अधिकारीले बताउनु भयो । सम्झौता अनुरुप वित्तिय संस्थाले घर मर्मत नगरे प्रहरी कार्यालयमा जाने पीडित अधिकारीको भनाइ रहेको छ ।
यता राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड चन्द्रौटा शाखा प्रमुखले माथिबाट घर मर्मत गर्न रोकिएको स्वीकार गर्नु भएको छ । (राष्ट्र उत्थान लघुवित र घरबेटी अधिकारी विच भएको सम्झौता २ प्रति)
